प्रचण्डलाई बधाई दिँदै चिनियाँ प्रधानमन्त्रीले भने – नयाँ सरकारलाई चीनको पूर्ण साथ सहयोग रहन्छ

  पुष १५, २०७९

काठमाडौँ, पुस १५ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाएका हुन् ।

लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई पठाएको बधाईपत्र दूतावासले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गरेका छन् । लीले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको सधैं साथ रहने प्रतिबद्धता जनाएका छन् ।

यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया