काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो । मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’’
उहाँले बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको जानकारी दिनु्भयो । आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो ।गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको बताउनुभयो ।






