राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ : अध्यक्ष लिङ्देन

  पुष ११, २०७९

काठमाडौँ, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर, सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूको प्रश्नमा यस्तो बताएका हुन्। राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन्।

तपाईको प्रतिक्रिया