कर्णाली, पुस ८ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो ।
अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली पार्टीको प्रदेशसभा दलको नेतामा निविरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।
दलको नेतामा जाजरकोटबाट प्रदेशसभा (२) बाट निर्वाचित राजीवविक्रम शाहले दाबी गर्दै आएको भनिए पनि उहाँकै समर्थनमा शाही दलको नेता निर्वाचित हुनुभयो । उहाँ कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुनुहुन्छ ।