संसदीय दलको नेता चयन सहजीकरणका लागि समिति

  पुष ०८, २०७९

गण्डकी, पुस ८ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता चयनको सहजीकरणका लागि कांग्रेस गण्डकी प्रदेश समितिले सहजीकरण समिति बनाएको छ ।

समितिको पदाधिकारीको आज सम्पन्न बैठकले पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

समितिका प्रवक्ता माधवप्रसाद बास्तोला ९मधु०का अनुसार समितिमा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश उपभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य रहनुभएको छ ।

संसदीय दलको नेता बन्न दुई वा सोभन्दा बढी इच्छुक देखिएमा निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीका गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रमेश पाण्डे सदस्य रहेको समिति बनाइएको बाँस्तोलाले जानकारी दिनुभयो ।

निर्वाचनका लागि गण्डकी प्रदेश प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ ९डिएलए०का अध्यक्ष फणीन्द्र कोइराला एवम् जिल्लाका अध्यक्ष कपिलमणि दाहालसँग परामर्शसहित प्रक्रिया सम्पन्न गर्न आवश्यक सहयोग लिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति र प्रदेश संसद्बीच समन्वयका लागि एक प्रदेश सांसद कक्ष र प्रदेश सांसदको पत्र आदानप्रदान गर्न पिजन होल स्थापना गर्ने निर्णय गरेको प्रचारप्रचार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश समिति कार्यसमितिद्वारा स्थापित विपी स्मृति पुस्तकालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) को संयोजकत्वमा समिति गठन गर्ने र पुस्तकालय सञ्चालन गर्न अन्य आवश्यक प्रक्रिया समितिले गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया