खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता माघमा

  मंसिर २३, २०७९

दाङ, मङ्सिर २३ : आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो ।

भलिबल प्रतियोगितामा सर्वाधिक रु दुई लाख २५ हजारको प्रथम पुरस्कार रहेको छ । यस प्रतियोगितामा द्वितीय पुरस्कार रु लाख १२ हजार पाँच सय, तृतीय पुरस्कार रु ५६ हजार दुई सय ५० र सात्वना स्थान आउनेले रु १३ हजार पाँच प्राप्त गर्ने भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले बताउनुभयो ।

यसैबीच प्रतियोगिता आयोजक मूल समारोह समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले जिल्लाभरका भलिबल खेलाडीलाई प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्षेत्रको पालिकामा सम्पर्क राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया