विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

  मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ ।

कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया