अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

  कार्तिक २९, २०७९

मोरङ, कात्तिक २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताउनुभएको छ ।

मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएको नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रभावशाली नेता डा कोइरालाले अपाङ्गता भएका शिक्षित बेरोजगारलाई रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागि पर्ने उहाँले बताउनुभयो । मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (२) का उम्मेदवार एवं प्रदेश नं १ आन्तरिक मामिला कानुनमन्त्री केदार कार्कीले आपाङ्गमैत्री कानुन बनाएर हक अधिकार एवं रोजगारीका लागि कार्यान्वयन गर्न बताउनुभयो ।

तपाईको प्रतिक्रिया