मुगुको स्याउले बजार पाएन

  असोज ०५, २०७९

मुगु, असोज ५ : मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया