सुनचाँदीको मूल्य बढ्यो

  १० घण्टा अगाडि

काठमाडौँ, ५ भदौ : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार तीन सय र चाँदीको मूल्य १३० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार सात सय कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपियाँ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला तीन लाख १३ हजार चारस सय र असली चाँदी प्रतितोला चार हजार ८५५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया