गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

  २ घण्टा अगाडि

काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताउनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया