महिला साफ च्याम्पियनसिप फुटबल : बङ्गलादेश विजयी

  भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् ।

खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी कप्तान खातुनले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको ३४ औँ मिनेटमा मसुराले थप एक गोल गर्दा बङ्गलादेशले २–० को अग्रता बनायो । त्यसपछि खेलको ४० औँ मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–० को सहज जित दिलाइन् ।

यस जितसँगै समूह ए मा रहेको बङ्गलादेशले शीर्ष तीन अङ्क जोडेको छ । त्यसैगरी यसै समूहको आजै भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया