नेपाल र केन्याको एकदिवसीय सिरिज शुक्रबारदेखि

  भदौ १७, २०७९

काठमाडौं, भदौ १६ : नेपाल र केन्याबीचको एकदिवसीय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । नेपालले घरेलु टोली केन्यासँग पाँच खेलको टी–२० सिरिजपछि पुनः तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज नेपालले ३–२ ले जितेको थियो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको टी–२० सिरिजमा नेपालले पहिलो खेल पाँच विकेट, तेस्रो खेल चार विकेट र पाँचौं तथा अन्तिम खेल ३१ रनले जितेको थियो । कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा केन्यासँग १८ रन र चौथो खेलमा सात रनले पराजित भएको थियो ।

सिरिज  जितेपनि खस्कियो वरीयता

नेपालले केन्यासँग खेल्नुअघि आईसीसी टी–२० वरीयता सुधार गर्ने लक्ष्य राखेको थियो । तर वरीयता सुधार गर्ने नेपालको लक्ष्य पूरा भएन । सिरिज खेलेकै समयमा नेपालको टी–२० वरीयता दुई स्थान खस्किएको छ ।

केन्यासँग खेल्नुअघि १४औं स्थानमा रहेको नेपाल दुई स्थान खस्किएर अहिले १६औं स्थानमा पुगेको छ । वरीयतामा तल रहेको केन्यासँग दुई खेलमा हार खेपेपछि  सिरिज जितेर पनि नेपालको वरीयतामा खस्किएको हो ।

वरीयताको शीर्ष १२ मा रहने टोलीले सोझै विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । एकदिवसीयमा वरीयतामा भने नेपाल १९औं स्थानमा रहेको छ। नपालले केन्यासँग एकदिवसीयको दोस्रो खेल भदौ १८ र अन्तिम खेल २० गते खेल्नेछ ।

हरेक प्रतियोगितामा कमजोर ब्याटिङको सामना गर्दै आएको नेपाललाई एकदिवसीयको ब्याटिङमा अझै सुधार गर्न आवश्यक छ । टी–२० मा औसत नतिजा निकालिरहेको नेपाल एकदिवसीयमा अभ्यस्त भईसकेको छैन ।

तपाईको प्रतिक्रिया