आर्सनल, सिटी र लिभरपुल विजयी

  भदौ १६, २०७९

काठमाडौं, भदौ १६ : इङ्लिस प्रिमियर लिगमा शीर्षटोली आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । घरेलु मैदानमा बुधबार राति भएको खेलमा शीर्षटोली आर्सनलले एस्टन भिल्लालाई २-१ गोलले हरायो ।

अर्को खेलमा दोस्रो स्थानमा रहेको साबिक विजेता सिटीले नटिङघम फरेस्टलाई ६–० गोलले स्तब्ध बनायो । लिभरपुलले न्युक्यासल युनाइटेडलाई २-१ गोलले हरायो । घरेलु मैदानमा आर्सनललाई जिताउन ग्राबियल जेससले ३०औँ र गाब्रियल मार्टिनेलीले ७७औँ मिनेटमा गोल गर्नुभयो । एस्टन भिल्लाका डुग्लास लुइजले ७४औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

लिगमा आर्सनलको यो लगातार पाँचौँ जित हो । जितसँगै आर्सनलले १५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला तीन अङ्क सहित तालिकाको अन्तिममा छ । यसै गरी एकपक्षीय अर्को खेलमा सिटीलाई जिताउन अर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थप्नुभएको थियो।

जितसँगै पाँच खेलबाट १३ अङ्क बनाएको सिटी दोस्रो स्थानमा । पराजित नटिङघम चार अङ्क सहित १५औँ स्थानमा छ । अर्को खेलमा लिभरपुललाई पूरनागमन जित दिलाउन रोबर्टो फिर्मिनो र फावियो कार्भाल्होले गोल गर्नुभयो ।

न्युक्यासलका एलेक्सान्डर इसाकको सुरुवाती गोल सान्त्वना बनेको थियो । जितसँगै पाँचौँ स्थानमा रहेको लिभरपुलले आठ अङ्क बनाएको छ । पराजित न्युक्यासल ६ अङ्क सहित ११औँ स्थानमा छ । अर्को खेलमा टोट्टनहाम र वेस्ट हामले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तपाईको प्रतिक्रिया