उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ (फोटो फिचर)

  भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण ग-यो । स्व गिरीलाई उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभयो ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरीको गएराति निधन भएको हो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व गिरीका श्रीमती र एक छोरा हुनुहुन्छ ।

कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीलाई श्रद्धाञ्जलि दिनुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : मनोजरत्न शाही

 

 

तपाईको प्रतिक्रिया