गत वर्ष १० खर्ब ६७ अर्ब ९५ करोड राजश्व संकलन

  साउन ०१, २०७९

काठमाडौं, साउन १ : आइतबारबाट आर्थिक वर्ष २०७९–८० शुरुभएको छ । गत आवमा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको छ ।

कार्यालयको तथ्यांकअनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड रुपियाँ बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ८४ अर्ब १६ करोड ४२ लाख बराबरको संकलन गरिएको छ । यो कूल लक्ष्यको ९२.१५ प्रतिशत हो ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ८३ अर्ब ७९ करोड ४३ लाख संकलन भएको छ । यो कूल लक्ष्यको ७४.३९ प्रतिशत बराबर हो ।

महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको छ ।

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रुपियाँ प्राप्त हुने लक्ष्य राखेकोमा हालसम्म १८ अर्ब २९ करोड ३५ लाख अर्थात् ३०.५३ प्रतिशत बराबर प्राप्त भएको छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ९१.४७ प्रतिशत रहेको महालेखापरीक्षक कार्यालयको विवरणले जनाएको छ ।

चालु खर्च बढी
कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७९.३९ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आ.व.मा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपियाँ बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये १२ खर्ब ९६ अर्ब २४ करोड बराबर खर्च गरेको छ । जसमा चालु खर्चको मात्रा बढी रहेको छ ।

चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये ९ खर्ब ६१ अर्ब ४७ करोड ४३ लाख खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२५ प्रतिशत हो ।

पुँजीगत खर्च २ खर्व १० अर्ब नाघ्यो
विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च २ खर्ब १० अर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपियाँ बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपियाँ बराबर खर्च भएको छ । यो कूल विनियोजनको ५७.२३ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएकोमध्ये हालसम्म ६२.५ प्रतिशत बराबरको बजेट खर्च भएको छ । सरकारले १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपियाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये १ खर्ब १८ अर्ब ३९ करोड ७७ लाख रुपियाँ बराबरको रकम खर्च भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया