ओन्टारियोविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

  असार १९, २०७९

काठमाडौं, असार १९ : आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । ७ः१५ बजे सुरु हुने खेलमा नेपालले अहिले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालले यसअघि ओन्टारियोसँग शुक्रबार एकदिवसीय अभ्यास खेल पनि खेलेको थियो । उक्त खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । नेपाली टोली अहिले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको हो । नेपालले क्यानडासँग मंगलबार र बुधबार  दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाटस्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया