प्रदेशसभा बैठक स्थगित

  असार १६, २०७९

गोदावरी, असार १६ : सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८९÷८० का लागि ल्याएको बजेट माथि सत्ता पक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो ।

तपाईको प्रतिक्रिया