सेरेना पहिलो खेलमै स्तब्ध

  असार १५, २०७९

काठमाडौं, असार १५ : अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै स्तब्ध हुनुभएको छ । मङ्गलबार राति भएको खेलमा सेरेना फ्रान्सकी खेलाडी होरमोनी टानसँग पराजित हुनुभएको हो ।

एक बर्षपछि कोर्टमा पुनरागमन गर्नुभएको सात पटककी च्याम्पियन सेरेना हारमोनीसँग ७–५, १–६, ७–६ (१०–७) सँग पराजित हुनुभयो । उमेरले चार दशक पूरा गर्नुभएकी सेरेनाले गतवर्ष चोटका कारण विम्बल्डनबाट हात झिक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया