तेक्वान्दो खेलाडी इन्डिया ओपनमा सहभागी हुने

  असार १४, २०७९

काठमाडौँ, असार १४ : काठमाडौँको जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडी इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा सहभागी हुने भएका छन् ।

जैशीदेवल युथ क्लबले आज उक्त प्रतियोगितामा सहभागी हुने ११ खेलाडीसहित १४ जनाको टोलीको बिदाइ ग¥यो । नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायतले टोलीको बिदाइ गरेको हो ।

नेपाली टोली आजै भारतको आसामतर्फ प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापामगर, आस्ना रानामगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा अन्जित राई, टोली व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन् । प्रतियोगता यही असार १७ देखि १९ गतेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया