खेलकुदमन्त्री र ओलीबीच भेट वार्ता

  असार ०९, २०७९

काठमाडौँ, असार ९ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र विश्व ओलम्पिक सङ्घ एशियाका विकास प्रबन्धक जोभिना चो ओलीबीच आज भेटवार्ता भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनको स्तर उकास्न के कस्ता कार्य गर्नुपर्ने हो त्यसका बारेमा प्रबन्धक ओलीले जानकारी गराउनुभएको थियो । मन्त्री गहतराजले त्यसका लागि आफू सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुआत गर्ने बताउनुभयो ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टङ्कलाल घिसिङ, विभागीय प्रमुख मधुसुदन बस्नेत र तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकका साथै ओलम्पियन दीपक विष्ट र राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया