नेप्सेमा ओरालो यात्रा जारी : ३७ अंकको गिरावट

  असार ०५, २०७९

काठमाडौँ, ५ असार : सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन । थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४।११ अंकमा झर्न पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७।२९ अंकले घट्दै ३७३।८५ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३।८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३।६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३।५९ प्रतिशतले घट्न पुगेको छ ।

 

तपाईको प्रतिक्रिया