करिब तेह्र हजार ५०० भन्दा बढी परिवारलाई नगद सहायता

  जेठ १५, २०७९

काबुल, जेठ १५ : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा १३ हजार ४९२ परिवारले नगद सहायता प्राप्त गरेको देशको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले आइतबार जनाएको छ ।

प्रान्तीय राजधानी पुल–ए–आलम, मोहम्मद आगा र बारकी बराकका उपनगरीय जिल्लाहरूमा प्रत्येक परिवारले ७ हजार ५०० अफगानीस् ९लगभग ८५ अमेरिकी डलर० प्राप्त गरेको जनाइएको छ । ती परिवारलाई शनिबार गरिएको उक्त नगद सहयोग दोस्रो चरणको भएको स्रोतले जनाएको छ । यसअघि यिनै परिवारले नै पहिलो चरणको नगद साहायता पाएका थिए ।

साथै, पश्चिमी हेरात प्रान्तमा १०० बाढी प्रभावित परिवारहरूलाइ प्रान्तीय विपद् व्यवस्थापन अधिकारीहरूले खाद्य सहायता वितरण गरेको पनि विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ ।

प्रान्तीय अधिकारी र स्थानीय सहायता एजेन्सीका सदस्यहरूद्वारा संयुक्त रूपमा सर्वेक्षणबाट परिवारको पहिचान गरेका बताइएको छ । दुर्गम प्रान्तहरुमा खाँचोमा परिवारका सदस्यहरूलाई मानवीय सहायता उपलब्ध गराइने पनि सोनिकायले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया