प्रधानमन्त्री देउवाको वडामा काँग्रेसका अध्यक्ष प्यानल विजयी

  बैशाख ३१, २०७९

डडेल्धुरा, वैशाख ३१ : नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित  विजयी हुनुभएको छ ।

शनिबार माओवादीका उम्मेदवार कुवँर पधानसँग दुई सय ५० मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट विजयी भएको स्थानीय टङ्क पनेरुले जानकारी दिनुभयो । गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

उहाँ लगायत विजयी हुनुभएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया