शीर्ष नेता कसले कहाँबाट गर्नुभयो मतदान (फोटो फिचर)

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन भएको छ । मतदाताको उपस्थिति उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ । केही जिल्लामा छिटपुट झडप भए पनि अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भएको छ । पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताले आफ्नो गृहजिल्ला पुगेर मतदान गर्नुभएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका- १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा मतदान गर्दै।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ मा मतदान गर्दै।

रौतहट पुगेर मतदान गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

 नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहजिल्ला इलामको सूर्योदय-९ पान्दामको राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्दै।

गोरखाको पानपा–१ अन्नपूर्ण मावि बूथमा मतदान गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको बानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदानस्थलबाट मतदान गर्दै।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापाको हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रबाट मतदान गर्दै।

तपाईको प्रतिक्रिया