केशवको ‘कौवा करायो’

  बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : केशवराज भट्टको निर्देशनमा ‘कौवा करायो’ बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली समाजमा आँगनको डिलमा कराउने कौवाले राम्रो वा नराम्रो सन्देश लिएर आउने सन्देश वाहकका रूपमा हेर्ने चलन छ ।  भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ‘काउली बूढी’लाई नवविवाहित दम्पती पात्रका रूपमा देखाइएको छ ।

गायिका सुरक्षा सेन्चुरीको स्वर, रमेश दाहालको शब्दलाई टीका दाहालको सङ्गीतबद्ध गरेका छन् भने बुद्ध थापाको  छायाङ्कन, दिनसन शाहको सम्पादन रहेको छ । परिकल्पना र निर्देशक समेत रहेका भट्ट आफ्नो यो प्रयासलाई अघिल्लो भिडियोजस्तै दर्शक श्रोतालाई मन पर्ने कुरामा आशावादी छन् ।

तपाईको प्रतिक्रिया