पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १५० पुग्यो

  फागुन १९, २०७८

काठमाडौँ, फागुन १९ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।

 

तपाईको प्रतिक्रिया