आहा ! रारा (फाेटाे फिचर)

  फागुन १९, २०७८

काठमाडौँ, फागुन १९ : कर्णाली प्रदेशकै गहनाको रूपमा रहेको सुन्दर ताल हो रारा। यो नेपालको सबैभन्दा ठूलो ताल हो । जैविक विविधताको हिसाबलेसमेत ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य सय वटा पर्यटकीय स्थलमा रारा समेटिएको छ। कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० पर्यटकीय स्थलमा रारा परेको छ।

रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। ताल कोणधारी वनजङ्गलले घेरिएको छ। उच्च हिमाली भूभागमा रहेको ताल क्षेत्रमा पुग्ने सबैले यसको प्रशंसा गर्ने गरेका छन्। रारा तालको कञ्चन पानी नै सबैको आकर्षण बन्ने गर्छ।
रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ ।
सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।
तस्विरमा हेर्नुस् रारा तालको सुन्दरता:

तपाईको प्रतिक्रिया