अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई काठमाडौं ल्याइयो

  भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो । उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो ।

जजिरा एअरलाइन्सबाट बिहान १०ः१५ बजे उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछि घर पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया