कृषिमा स्नातक गरेपछि बाँस खेती, बाँस बेचेर करोडपति

  साउन ३०, २०७८

तनहुँ, साउन ३० : तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री गरेर मनग्गे आम्दानी गर्नु भएको हो ।

कृषक गुरुङले १५० रोपनी जमिनमा वनस्पती उद्यान सञ्चालन गर्नु भएको छ । उद्यानको एक रोपनी क्षेत्रफलमा हुर्काएका बाँस र उत्पादन गरिएका विरुवाले वर्षिक ३० लाख भन्दा बढी आम्दानी गर्न सफल भएको कृषक गुरुङले बताउनुभयो । गत वर्ष २५ लाख रुपियाँको बिरुवा र आठलाख लाखको बाँस बिक्री गरेर ३२ लाख रुपियाँ मुनाफा गरेको कृषक गुृरुङ जानकारी दिनुभयो । भू–क्षय रोक्ने उपयाेगी हुने, हुर्काउन कठिन नहुने र विक्रीको लागि पनि समस्या नभएकोले खेर गएर बाँझो बसेको जमिनमा बाँस हुर्काएर मनग्गे कमाउन सकिने कृषक गुरुङले बताउनुभयो ।

चीन भ्रमणको क्रममा बाँसबाट कागज बनाएर त्यहाँका उद्योगले राम्रो आम्दानी लिएको पाएको उल्लेख गर्दै कृषक गुरुङले नेपालमा त्यो प्रविधिहरु भित्र्याएर कागजमा आत्मनिर्भर बन्ने मात्रै नभई निर्यात समेत गर्न सकिने सुझाव दिनुहुन्छ । ‘‘तराईदेखि पहाड सम्मका धेरै भूगोलमा बाँस हुर्काउन सकिन्छ त्यसबाट मनग्गे धन आर्जन गर्न सकिन्छ तर ध्यान पुगेको छैन’’ कृषक गुरुङले भन्नुभयो । सौन्दर्यको लागि होटल तथा रेष्टुरेण्टहरुमा विभिन्न फेन्सी जातका बासँ विरुवाहरु माग हुने गरेकाे तर यो वर्ष कोरोनाको कहरले गर्दा बिरुवा किन्ने नआएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाले गर्दा होटल तथा रेष्टुरेण्टमा लगानी प्रभावित भएकोले बिक्री गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । करीव १० हजार विरुवा विक्री नभएर मर्ने अवस्थमा पुग्न लागेको उहाँले गुनासो गर्नुभयो । बाँस बहुउपयोगी बनस्पती हो तरकारीदेखि लिएर सजावटका समान, घरायसी प्रयोजनका धेरै समान बनाउन सकिन्छ । उहाँको उद्यानमा १० जनाले रोगजारी पाएका छन् ।

विं.स. २०३२ सालदेखि नै बाँसलाई व्यवसायिक रुपमा हुर्काउने तथा विरुवा उत्पादन गर्न थालेको उहाँले जानकारी दिनुभयो । कृषक गुरुङले अधिकृत स्तरको सरकारी जागिर छोडेर बनस्पती उद्यान सञ्चालन गर्नु भएको हो । भारतको कानपुरबाट विएससी एजी पास गरेपछि तनहुँको सदरमुकाम दमौलीमा विंस.२०३२ सालमा कृषि तथा खाद्य सस्थानको कार्यालय प्रमुखको रुपमा सरकारी सेवामा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

भारतमा पढ्ने क्रममा त्यहाँको हरियाली उद्यानले लोभ्याएको त्यस्तो मिल्दो जुल्दो हावापानी पाएर काठमाडौं छाडेर तनहुँमा व्यवसायिक रुपमा उद्यान सञ्चालन गरेको उहाँले बताउनुभयो । सरकारी जागिरले उद्यानमा समय दिन अप्ठ्याराे भएपछि बि.स.२०३६ सालमा सरकारी जागिर छोडेर व्यवसायिक कृषि कर्मलाई समय दिएको गुरुङले बताउनुभयो ।

मोटा, नियाले, धनु, लट्ठी, तामा, कालो तामा, पहेलो, झगडिया लगायतको गरी २२ जातका बाँस हुर्काएको र त्यसको विरुवा पनि उत्पादन गरिरहेको उहाँले बताउनुभयो । ४६ वर्ष अघि कृषि पेशामा लाग्नु भएका गुरुङले उद्यानमा महङ्गो मूल्यमा बिक्रीे हुने बनस्पतीहरु अगरउड, श्रीखण्ड, रक्तचन्दन तथा मेलसियन साल लगायतको बनस्पतीहरु हुर्काउनु भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया