रूग्ण ओरियण्ट म्याग्नेसाइड र खरी उद्योग सञ्चालन गर्ने तयारी

  साउन २३, २०७८

चौतारा, साउन २२ : लामो समयदेखि बन्द रहेको नेपाल ओरियण्ट म्याग्नेसाइड सञ्चालनको तयारीमा बागमती प्रदेस सरकार लागेको छ । म्याग्नेसाइड उद्योग बन्द भएको २९ वर्ष र खरी उद्योग बन्द भएको सात बर्षपछि सरकारी तवरबाट उद्योग सञ्चालनको तयारी भएको हो ।

वुधबार उद्योग सञ्चालन संभावनाको अवलोकन गरी खरी उद्योग पुनः सञ्चालनको प्रक्रिया सुरु भएको बागमती प्रदेसका उद्योग, पर्यटन, वन तथा वाताारण मन्त्री सरेश नेपालले जानकारी दिनुभयो । ‘खरी खानी र उद्योगलाई सामान्य मर्मतपछि सुरु गर्न सकिने जानकारि अनुरुप सञ्चालनको प्रक्रिया सुरु गरिएको हो,’ मन्त्री नेपालले भन्नुभयो, ‘प्रदेस सरकारले रुग्ण उद्योग सञ्चालनको नीति कार्यक्रम संसदबाट पारित गरी बजेटको समेत ब्यवस्थापन गरिसकेका छौ ।’

सरकारी प्रयासपछि खरी उत्पाद गर्ने मेसिन सञ्चालन गर्न सकिने उद्योगका प्राविधिक प्रदीप कार्कीले जानकारी दिनुभयो । लामो समयदैखि बन्द रहेको उद्योगको संरक्षमा समस्या सुरु भएको वेला सञ्चालनको प्रक्रिया अगाडी बढ्नु सकारात्मक भएको कार्कीको बुझाई छ । ‘प्रदेस सरकारको बजेट अनुसार म्याग्नेसाईड र रोप–वे सञ्चालन गर्न नसकिए पनि खरी खानी बाट ढुवानी गरी म्याग्नेसाईडको सानो उद्योग सञ्चालन गरी खरीजन्य सामग्रीमा कम्तीमा प्रदेश २ र बागमती प्रदेश आत्मनिर्भर हुन सक्ने अवस्था हुन्छ,’ कार्कीले भन्नुभयो । कार्कीका अनुसार सामान्य मर्मत पश्चात प्रति घण्टा पाँच टन खरी पेल्न सकिने छ ।

रुग्ण उद्योग सञ्चालन कार्यक्रम अन्तर्गत चालु अर्थिक बर्ष ०७८-७९ मा ओरियण्ट म्याग्नेसाइडलाई बीस लाख बजेट विनियोजन गरिएको मन्त्रालयका सचिव सिन्धु ढुङ्गानाले जानकारी दिनुभयो । ‘मन्त्रीले उद्योग सञ्चालकोलागि प्रयत्न गर्नु लागिरहनुभएकै छ, संसदबाट बजेट पारित भैसक्यो, अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहमतिमा उद्योग सञ्चालन सुरु हुन्छ,’ ढुङ्गानाले भन्नुभयो ।

नेपाल ओरियण्ट म्याग्नेसाइड उद्योग नै ठूलो उद्योगका रुपमा परिचित छ । उद्योग रहेको स्थान सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – ८ मा ३६६ रोपनी जग्गामा उद्योगसहित विभिन्न संरचन छन् भने खरीको खानी रहेको दोलखाको भीमेश्वर नगरपालिका–९ खरीढुङ्गामा पाँच हजार दुई सय रोपनी खानी क्षेत्र छ । खानी क्षेत्रबाट उद्योगसम्म जोडिएको रोप–वे २९ वर्षदेखि सञ्चालनमा आएको छैन ।

तपाईको प्रतिक्रिया