पाकिस्तान तीन विकेटले हार्यो, टी ट्वान्टी श्रृखंला इंग्ल्याण्डले जित्यो

  साउन ०६, २०७८

काठमाडौं, साउन ६ : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा घरेलु टोलिले पाकिस्तानलाई तीन विकेटले हरायो ।

पाकिस्तानले प्रस्तुत गरेको १५५ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन दुई बल बाँकी छदा सात विकेटको क्षतिमा १५५ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डका लागि ओपनर जैसन रोयले सर्बाधिक ६४ रनको योगदान दिनुभयो । उहाँले मात्र ३६ बलको सामना गर्दै १२ चौका र एक छक्का लगाउनुभयो । देविड मलानले ३१ तथा कप्तान इयन मोर्गनले २१ रनको पारी खेल्नुभयो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले सर्बाधिक तीन तथा इमाद वसिम, हसन अलि, उसमान कादिर र शदाब खानले एक एक विकेट लिए ।
त्यसअघि, म्यान्चेष्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १५४ रनको औसत योगफल तयार गरेको थियो ।

पाकिस्तानको पारीमा ओपनर मोहम्मद रिजवानले सर्बाधिक ७६ रनको योगदान दिनुभयो । फखार जमानले २४ तथा हसन अलिले अविजित १५ रनको योगदान दिए । अष्ट्रेलियाको बलिङमा अदिल राशिदले सर्बाधिक चार तथा मोइन अलिले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया