बारामा निजगढ सिटीकप मार्शल आर्टस् फेस्टिबल सम्पन्न

  साउन ०२, २०७८

काठमाडौं, साउन २ : बाराको निजगढ-२ सिंगौलमा हालै आयोजित निजगढ सिटीकप मार्शल आर्टस् फेस्टिबलमा बागमति प्रदेश टिम विजेता बनेको छ । मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जिति जनही नगद ५० हजार हात पारेका छन् ।

त्यस्तै आइटिएफ तेक्वान्दोतर्फ प्रदेश नं.१ का मिशन तामाङले रजत पदक हात पार्दै २५ हजार नगद जित्नु भएको छ भने प्रदेश १ कै आशिष क्षेष्ठले कास्य पदक सहित नगद १० हजार हात पानु भएको छ । फुलकन्ट्याक्ट कराते तर्फ २ नम्बर प्रदेशकी निसिदा आलेले रजत पदक जिति नगद २५ हजार पाउन सफल भइन भने २ नम्बर प्रदेशकै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जिती नगद १० हजार पाउन सफल भए । प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्रि र जुरीगरी १३२ जना सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दीनेश शर्माले जानकारी दिए ।

त्यस्तै विशेष मनोरन्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ प्रथम भई नगद १५ हजार हात पार्न सफल हुनुभयो भने वडा नं. २ कै मिन कुमारी साहीले द्वितीय स्थान हासिल गरी नगद १० हजार जित्न सफल हुनुभयो । तृतीय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भई नगद ५हजार हात पारिन् । दौडमा ३० जनाको सहभागिता थियो । नेपाल तेक्वान्दो महासंघको आयोजना, नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघको तत्वधान र निजगढ नगरपालीकाको सहयोगमा सो प्रतियोगित आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया