च्याम्पियन्स लिगको फाइनल खेल टर्कीबाट पोर्चुगल स-यो

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : च्याम्पियन्स लिग फुटबलको फाइनल खेल स्थल टर्कीको इस्तान्बुलबाट सरेको छ । यूरोपेली फुटबल संघले च्याम्पियन्स लिग फुटबलको फाइनल अब पोर्चुगलको पोर्टोमा हुने निर्णय गरेको छ ।

च्याम्पियन्स लिगको फाइनलमा चेलसी र म्यान्चेष्टर सिटी मई २९ मा स्पर्धा गर्नेछ । बेलायतले कोभिड १९ को नयाँ स्वरुपलाई लिएर टर्कीलाई रातो सूचीमा राख्दै भ्रमण गर्न नहुने राष्ट्रमा सूचीकृत गरेको छ ।

लिगको उपाधिको यात्रामा रहेका दुबै टोलि बेलायतको रहेकोले प्रशंसकको उपस्थितिलाई ध्यानमा राख्दै आयोजना स्थल सारिएको हो ।
पेर्चुगल बेलायतको हरियो सूचीमा छ ।

रातो सूचीमा सूचीकृत भएको राष्ट्रबाट फर्किदा खेलाडी वा प्रशंसकले दश दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुँदा च्याम्पियन्स लिगको फाइनल पोर्चुगलका सारिएको हो । यूरोपेली फुटबल संघका अध्यक्ष एलेक्जेण्डर सेफरिनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया