काठमाडौंलाई हराएर धनगढी नेपाल सुपर लिगको फाइनलमा पुग्यो

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : धनगढी एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग९एनएसएल० फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी फाइनलको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न पहिलो प्ले अफमा धनगढीले काठमाडौंलाई २–१ ले हराएको हो ।

निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि ३० मिनेट थप गरिएको अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाउनुभयो । विशालको उक्त गोल नै धनगढीको काठमाडौंमाथि जितसँगै फाइनलमा पुर्याउन पर्याप्त भयो ।

यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो । पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अबसर पाउनेछ । दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः स्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया