न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित

  बैशाख २५, २०७८

काठमाडौं, बैशाख २५ : न्युजिल्याण्ड क्रिकेट टोलिका विकेटकीपर ब्याट्सम्यान टिम सैफर्ट कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गर्नुभएका सैफर्ट हाल अहमदाबादमा हुनुहुन्छ ।

आइतबार न्युजिल्याण्डका खेलाडी ‘चाटर्ड’ विमानबाट न्युजिल्याण्ड प्रस्थान गर्दा टिम सैफर्ट उक्त प्रस्थान टोलिमा रहनुहुने छैन् । अहमदाबादबाट उपचारकै लागि उहाँ चेन्नईस्थित एक नीजि अस्पतालमा भर्ना हुनेछ ।

प्रस्थान अघि उहाँलाई पछिल्लो दश दिनमा सात पटक आरटीपीसीआर परीक्षण गरिएको छ । साताको सुरुवातमा कलकत्ता नाइट राइडर्सका दुई खेलाडी बरुण चक्रवर्ती र सन्दीप वरियरमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

उपचारको क्रममा आइसोलेशन अबधि बिताए लगत्तै उहाँ प्रस्थान गर्न योग्य हुने र आवश्यक ब्यवस्थापन गरी उहाँलाई ल्याइने क्रिकेट न्युजिल्याण्डले जनाएको छ ।

उहाँलाई चेन्नइ सुपर किंग्सका ब्याटिङ्ग प्रशिक्षक माइक हस्सी उपचाररत् अस्पतालमा नै भर्ना गरिने जनाइएको छ । साताको मध्यमा चेन्नईका प्रशिक्षक हस्सी समेत कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया