पर्यटकीय सम्भावना भएको ककनी चम्पादेवी गाउँ ओझेलमा

  फागुन २७, २०७७

ओखलढुंगा, फागुन २७ : ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने जिल्ला कै एकमात्र चर्चित धार्मीक पर्यटकीय स्थालका रुपमा चिनीने चम्पादेबी ककनी अझै ओझेलमा रहको छ । विद्युत र सडकको पहुँच नहुँदा र पचर अभावमा मै चम्पादेवी ककनी अझै ओझलेलमा परेको हो ।

देशमा धेरै पविर्तन भयो देश परिवर्तनका लागि चम्पादेवी ककनीले धेरै योगदान गर्यो तर ककनी जस्ताको तस्तै रहेको छ । चम्पादेवी ककनी पर्यटकलाई आकर्षण सुन्दर गर्ने ठाउँ भए पनि विकासले गति नलिएका कारण यहाँ अझै पर्यटकलाई भित्राउन सकिएको छैन । २०७२ सालको भूकम्पमा गाउँका तीन सय भन्दा बढी घर भग्नाबशेषका रुपमा रहेका छन् ।

चम्पादेवी ककनीबासी घरबारविहीन भए पनि बल्ततल्ल सरकारी अनुदानमा दुई कोठे घर त बनाएका छन् तर ती घरमा संयुक्त परिवारका लागि बस्न समस्या हुने गरेको गुनासो गर्दछन् । यहाँको पादेवी ककनीको मुख्य बाली आलु भए पनि आलु थन्क्याउन चम्पादेवी ककनी बासीलाई सानो घर भएकै कारण समस्या परेको गुनासो सुनी रहनु परेको सुनबोशी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झनक कार्कीले बताउनुभयो । गाउँका प्रायःसबै युवा र पुरुष कमाउनका लागि शहर र विदेश पलायन भएका कारण पनि गाउँमा युवाहरु विरलै भेटीन्छन् ।

यहाँ विरामी हुँदा झनै समस्या हुने गेको छ । गाउँमा अस्थायी स्वास्थ्य एकाई राखिएको भए पनि स्वास्थ्य चौकी छैन । भनेको बेला सिटामोलसम्म पनि पाईन्न, बिरामी भएको बेला हुनेखानेहरुले हेलीकप्टर चार्टर गर्ने तर आफूहरु अस्पतालको मुखै नदेखिने स्थानीय चक्र तामाङको भनाई छ ।
बिरामी हुँदा धामीझाँक्री र घरेलु औषधिको भरमा वस्नु पर्ने यहाँका स्थानीयको बाध्यता रहेको छ ।

चार घण्टा भीरको बाटो हिँडेपछि बल्ल कोषहाट आइपुगिथ्यो । कोषहाटमा दशकअघि नै बस गुडेको देखेका स्थानीयले अहिले भने गाउँमै साना जीप पुगेको देखे तर हिउँदमा मात्र ।
सुनकोसी गाउँपालिका–९ को पहलमा सात किलोमिटर सडक निर्माण गरेर केर्मेटार हुँदै दोभानसम्म सडक पुगेको भए पनि ६ महिना मात्र साना गाडी आउने स्थानीय रामु तामाङको भनाई छ ।

कोषभञ्ज्याङसम्म सडक पुगेको १० वर्ष भयो, तर यहाँ बल्ला बल्ल सडकको ट्रयाक खोलिएको छ । घोराखोरी–ओखलढुंगा सडकको मध्यभागमा पर्ने कोषभञ्ज्याङमा १० वर्ष अघि सडक पुगेको भए पनि यहँका स्थानीय चार घण्टा पैदल हिडर त्यहाँसम्म पुग्न बाध्य छन् । कोषभञ्ज्याङबाट उत्तरपूर्वमा करिब १० किलोमिटर टाढा पर्ने ककनी अझै ओझेल मै रहेको छ ।

वडाको पाँच लाख र पूर्वाधार साझेदारी कार्यक्रमको १० लाख रुपियाँसहित थप १० लाख रुपियाँ ऋणमा सडक निर्माण गपरएको वडा अध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । विकासको पूर्वाधारको नाममा यस गाउँमा बल्ल कच्ची सडक पुगेको भए पनि गाउँमा अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाई छ ।

गाउँमा आधारभूत तहसम्मको विद्यालय संचालनमा रह ेपनि माध्यमिक तहको शिक्षा लिन कोठा भाडा नै लिएर गाउँपालिका केन्द्र मूलखर्क बस्नुपर्दा गरिब र निमुखाले बालबच्चा पढाउन सक्दैनन् । अधिकांश कक्षा ५ सम्म पढेर छाड्ने, विदेश जाने अथवा विवाह गर्ने परम्परा बनेको उहाँको भनाई छ । संघीयता आएको तीन वर्षमा वडा कार्यालयले बल्ल सडक त पु¥याएको भएपनि गाउँका नागरिक अझै अन्धकारमा बस्न बाध्य छन् । बिजुली बत्ती बाल्ने उनीहरूको सपना कहिले पूरा होला भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

विजुली बाल्ने सपना मात्र
गाउँपालिकाले ग्रामीण विद्युतीकरणका लागि पालिकास्तरीय योजना सुरु गरेपछि यो गाउँ त्यसमा जोडिन सकेको छैन । आफ्नोे कार्यकालमा बिजुली बाल्ने बाचा गरेको थिएँ, पूरा गराउन सक्छु कि सक्दिन भन्ने अन्योल रहेको वडा अध्यक्ष कार्कीको भनाइ छ । यस गाउँमा बिजुली बल्न फलामकै चिउरा चपाउनुपर्नेछ उहाँको भनाइबाटै प्रष्ट हुन्छ । कोषहाटसम्म पनि विद्युत विस्तार हुन सकेको छैन । भीरको बाटो हुँदै करिव १० किलोमिटर टाढा रहेको यो गाउँ विकटताकै कारण यहाँको सामाजिक, आर्थिक र पूर्वाधारको विकासमा निकै चुनौती रहेको छ ।

संभाना भए पनि आकाशको फल
ककनीमा धेरै संभावना रहेको छ । गाउँबाट एक घण्टाको उकालो हिँडेपछि चर्चित धार्मिक तथा पर्यटकीय स्थान चम्पादेवी ककनी मन्दिर पुगिन्छ । त्यहाँ दर्शन गर्न घण्टौं हिडेर हजारौँ दर्शनार्थी आउँछन् । सडक नभएकै कारण हिड्न पर्ने बाध्यता रहेको छ । सकड, बिजुली, स्वास्थ्य सेवा पु¥याएर होमस्टे गाउँका रूपमा विकास गर्न सकेमा ककनी मन्दिर आउने दर्शनार्थी राख्न सकिन्छ तर यो सपना सपना मै सिमित रहेको छ ।

यस्तै, ककनी गाउँ तल तीन तल्ले झरना रहेको छ । यसको प्रचार प्रसार गर्न सके पर्यटक आकर्षित गर्न सकिन्छ । धार्मिक तथा प्राकृतिक हिसाबले चर्चामा रहेको यस क्षेत्रको पूर्वाधारको विकास गरे पर्यटन प्रबद्र्धन गरेर आयआर्जनमा वृद्धि गर्न सकिने भए पनि आकाशको फल आँखातरी मर भने जस्तो भएको छ । यसको विकासका लागि बृहत् गुरुयोजना आवश्यक रहेको ओखलढुंगाका सघीय सांसद यज्ञराज सुनुवार बताउनु हुन्छ । पर्यटकीय गाउँ बनाउन गाउँपालिकाले बृहत् गुरु योजना निर्माण गरेर संघ र प्रदेश सरकारसँगको स्रोत साझेदारीमा विकास गर्न सके ककनी साँच्चिकै ककनी हुने उहाँको भनाई छ ।

चम्पादेवी गाउँपालिकाको विशेष गुरु योजनामा ककनी
ककनी चम्पादेवी धार्मिकस्थलमा धार्मिक पर्यटक भित्र्याउन र ककनी चम्पादेवी संरक्षणका लागि वृहत् ककनी चम्पादेवी योजना बनाई यसको डिपिआरसमेत तयार भएको चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । उहाँले यहाँ धार्मिक पर्यटक भित्र्याउनका लागि विशेषगरी साँघुटार घोराखोरी दलीडाँडा ककनी र नवलपुर पलापु सिद्धपोखरी फेदीगुठ ककनी पदमार्ग निर्माणको योजना समेत बनाइरहेको दावी गर्नुभयो । चम्पादेवी गाउाँलिकाले धार्मिक पर्यटन प्रवर्धनका लागि अग्रसर भएर काम गर्न सके सुनकोशीको ककनी गाउँमा पनि साँचिनै परिवर्तन हुने थियो ।

तपाईको प्रतिक्रिया