विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

  पुष २५, २०७७

वाग्मती, पुस २५ : बाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कुल ४४ दशमलव ६१ प्रतिशत  भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत, सडक पुल तथा झोलुङ्गे पुल निर्माणलगायत पूर्वाधारमध्ये चालू आर्थिक वर्ष ०७७-०७८ को पहिलो चौमासिकसम्म सो प्रगति हासिल भएको हो ।

चालू आवमा प्रदेशभित्र सडक निर्माण तथा मर्मत कार्य गरी कुल ८३६, सडक पुल निर्माणतर्फ ११२ र झोलुङ्गे पुल निर्माणमा १५ योजना छन् । यी योजनामध्ये केही योजना कार्यान्वयनमा रहेका छन् भने केही योजना कार्यान्वयनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक महाशाखा प्रमुख नवीनकुमार सिंहले जानकारी दिनुभयो ।

 मन्त्रालयका अनुसार चालू आवको पहिलो चौमासिकसम्म वित्तीय प्रगति ३९ दशमलब ६१ प्रतिशत भएको छ । ती सबै योजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि एउटा निर्देशनालय र आठ वटा विभिन्न मातहतका कार्यालय छन् ।

तपाईको प्रतिक्रिया