कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कुल संख्या २५७ पुग्याे

  भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दो छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

चारजना महिलासहित ६जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभएको हो ।

चितवनमा ४०, भक्तपुरमा ४० , तनुहँमा ९२ र रूपन्देहीमा ७७ वर्षीया महिला र रूपन्देहीमा ६५ र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

यसरी बिहीबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । नेपालमा मृत्युदर अहिले शून्य दशमलब ६ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया