रूसले संयमता अपनाए ऊर्जा केन्द्रमा आक्रमण रोक्न तयार रहेको युक्रेनको भनाइ

  २ घण्टा अगाडि

किएभ, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेपछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रविरुद्ध आक्रमण रोक्न तयार रहेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा आफ्ना साझेदारलाई रूससँग महत्वपूर्ण पूर्वाधारको विनाश रोक्ने प्रावधानसहितको एउटा सम्झौता गर्न प्रस्ताव गर्नुभएको छ ।“यदि हाम्रा साझेदार रूसलाई वास्तवमै हाम्रो बिजुली प्रणाली, अन्य ऊर्जा सुविधा, महत्वपूर्ण पूर्वाधार र खाद्यान्न आपूर्ति मार्गमा आक्रमण गर्नबाट टाढा रहन सुनिश्चित गर्न तयार छन् भने, निः सन्देह, हामी हाम्रो आक्रमण रोक्न तयार छौँ” जेलेन्स्कीले भन्नुभयो ।

उहाँले युद्धको अन्त्य हुनुपर्ने र महत्वपूर्ण पूर्वाधारको सुरक्षाको सन्दर्भ पहिलो कदम शान्तितर्फको पहिलो कदम हुन सक्ने बताउनुभएको अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र रूसबीच ऊर्जा लक्ष्यमा प्रहार नगर्ने सहमति भएको बताएपछि जेलेन्स्कीको यस्तो टिप्पणी आएको हो । युक्रेन रूसी ऊर्जा लक्ष्यमा प्रहार नगर्ने कुरामा सहमत भएको उल्लेख गर्दै रूसले पनि त्यसै गर्न सहमत भएको सममाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै ट्रम्पले बताउनुभयो ।

सोमबार क्रेमलिनले युक्रेनलाई रूसको इन्धन उत्पादन गर्ने केन्द्रविरुद्ध आक्रमण रोक्न ट्रम्पको आह्वानलाई पनि स्वागत गरेको छ । नागरिक आर्थिक पूर्वाधारमा आक्रमण रोक्न किएभलाई गरिएको कुनै पनि आह्वानलाई स्वागत गर्न सकिने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो । कुनै पनि देशले अधिक लचिलोपन देखाउन प्रोत्साहित गर्न किएभमा आफ्नो प्रभाव प्रयोग गर्न सक्छ, जुन समाधान प्रक्रियामा महत्वपूर्ण योगदान हुनेछ पेस्कोभले भन्नुभयो ।

संयमताको आह्वानका बावजुद, वर्षौ लामो रूस-युक्रेन द्वन्द्व हालसम्म जारी छ, दुवै पक्षले थप आक्रमणको रिपोर्ट गरिरहेका छन् । रूसी सेनाले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधार र युक्रेनी सेनाका लागि आपूर्ति भण्डारण गर्ने केन्द्रमा आक्रमण जारी राखेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । जेलेन्स्कीले बुधबार युक्रेनी सेनाले रूसको दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको नौसैनिक अड्डामा आक्रमण गरी नोभोरोसिस्क सहरमा तेल, सैन्य बन्दरगाह सुविधा र कालिब्र मिसाइल बोक्ने युद्धपोत लोड गर्न प्रयोग गरिएको टर्मिनलमा प्रहार गरेको बताउनुभयो ।

द्वन्द्वलाई कम गर्ने प्रयास जारी रहँदा, द्वन्द्वको आर्थिक तथा भौतिक क्षति बढ्दै गएको छ । यसअघि रूसी सरकारले घरेलु इन्धन बजारलाई स्थिर बनाउन पेट्रोल, डिजेल, समुद्री इन्धन र ग्यास तेलको निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया