तेहरान, ३० भदौ : इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङ्टनले वार्ता पुनः सुरु गर्न सक्ने दाबी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा सामाजिक सञ्जाल एक्सको एक पोस्टमा टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानले सम्झौताको गाम्भिर्यता नहेरी चाँडै सम्झौता गर्न चाहेको उल्लेख गर्दै आवाश्यक वातावरण मिलाउने र यो अवधारणाको लागि आफूहरु सधैँ खुला रहेको उल्लेख गर्नुभएको थियो । अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतबाट विचलित नहुनु आग्रह गर्दै रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरु छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभएको छ ।
उहाँ इरानका सर्त पूरा नभएसम्म कुनै वार्ता नहुने विषयमा जोड दिनुभएको छ । गत जुन-१८ मा, संयुक्त राज्य अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त्य गर्न समझदारी ज्ञापन पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । एमओयू अन्तर्गत, उनीहरूले अन्तिम सम्झौतामा पुग्न ६० दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो । जुन अगस्ट–१७ मा समाप्त भयो, तर दुई देशबिच हालैको तनावको शृंखला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ । (रासस/सिन्ह्वा)






