काठमाडौं उपत्यकामा ५१ जना सङ्क्रमित थपिए

  साउन १९, २०७७

काठमाडौं, साउन १९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लामा गरी पछिल्लो चौबीस घण्टामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

त्यसैगरी, वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा दुईजना काठमाडौंका, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक, नेपाल प्रहरी अस्पतालमा दुई तथा स्टार अस्पताल, सानेपामा काठमाडौंका पाँच तथा ललितपुरका एक र बिरेन्द्र छाउनी अस्पतालमा काठमाडौंका तीन जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया