वर्षासँगैको पहिरोबाट मेलम्चीमा आठ कामदार बेपत्ता

  साउन १९, २०७७

सिन्धुपाल्चोक, साउन १९ : गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउदाँ ५ घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभयो । २० घर उच्च जोखिममा परेका छन् ।पहिरो लगातार खसिरहेको छ ।

तपाईको प्रतिक्रिया