दुई दिनमा पर्सामा २० जना भए कोरोनामुक्त

  साउन १६, २०७७

वीरगञ्ज, साउन १६ : विहीबार र शुक्रबार गरी दुई दिनमा पर्सा जिल्लाबाट २० जना कोरोना भाईरसको संक्रमणलाई जितेर संक्रमुक्त भएका छन् । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्थायी कोरोना अस्पतालबाट संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएका हुन् ।

बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर संक्रमण मुक्त भई डिस्चार्ज भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिनुभयो । पछिल्ला दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिंहले बताउनु भयो । कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेमा ३ महिला सहित २० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया