व्यक्तिगत विवरण टिपेर विराटनगरबाट आएका यात्रुलाई छाडियो

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएको यात्रुलाई विवरण टिपेर छाडेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले व्यक्तिगत विवरण टिपेर गन्तव्यमा जान दिएको हो । यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडेको हो ।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो ।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया