वडा सचिव मृत अवस्थामा फेला

  बैशाख ११, २०७७

तुलसीपुर, वैशाख ११ : बबई गाउँपालिका वडा नम्बर १ का वडा सचिव मृत अवस्थामा फेला पर्नुभएको छ । ३ महिना अघि वडा कार्यालयमा सरुवा भएर आउनुभएका बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुद्ध गाउँका २६ वर्षिय हरिप्रसाद पन्थी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष खडगबहादुर कवरले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा कार्यालय गङ्टेको नजिकै कोठाभित्र चुकुल लगाएको अवस्था र झ्यालमा समेत ग्रील लगाएका कारण आफै झुन्डिएर मृत्यु भएको हुन सक्ने अध्यक्ष कुवरले जानकारी दिनुभयो । वैशाख ७ गतेदेखि वडा सचिवसँग आफ्नो भेट नभएको समेत अध्यक्ष कुवरले जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दासम्म घटनास्थलका प्रहरी पुगेको छैन । घर परिवारमा जानकारी गराइएको र परिवारका सदस्य घटनास्थलमा आए मात्र सब पोष्टमार्टमका लागि लैजाने वडाध्यक्ष कुवरले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयदेखि वडा कार्यालयसम्म पुग्नका लागि गाडीमा २ घण्टा लाग्दछ । गाउँपालिका अध्यक्ष सहितको टोली घटना स्थलतर्फ लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया