कञ्चनजङ्घा आरोही ब्राउनको निधन

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार आज बिहान निधन भएको छ । आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको ब्राउनका महिला साथी तथा उहाँको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले राससलाई इमेलबाट जानकारी दिनुभयो । उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो ।

कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उहाँका साथी जर्ज ब्याण्ड हुनुहुन्थ्यो । ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा निधन भइसकेको छ । उहाँहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते (सन् १९५५ मे २५) मा गर्नुभएको थियो । साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुग्नुभएका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया