रियल म्याड्रिडका खेलाडीको तलब काटियो

  चैत २७, २०७६

म्याड्रिड, चैत २७ : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।

क्लबका खेलाडी र प्रशिक्षकसँगै प्रमुख निर्देशक र बास्केटबल टिम १० देखि २० प्रतिशत तलब कट्टा गरेर लिन तयार भएका हुन्। स्पेनी मिडियाका अनुसार यो सिजन पूरा भए तलबबाट १० प्रतिशत काटिनेछ ।

सिजन स्थगितकै स्थितिबाट रोकिएमा २० प्रतिशत तलब काटिनेछ। यसरी तलब काटिँदा क्लबलाई ३ देखि ६ करोड डलरको राहत हुनेछ ।

तपाईको प्रतिक्रिया