कोभिड-१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

  चैत २३, २०७६

जनकपुरधाम, चैत २३ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड-१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध गर्नु भएको छ । प्रदेश सरकार चिकित्सकको बीमा, पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राउत महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया