चितुवाको अक्रमणबाट घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

  चैत २३, २०७६

अछाम, चैत २३ : चितुवाको आक्रमणबाट शक्त घाइते हुनुभएको कमलबजार नगरपालिका–५ कुइकाकी एक महिलालार्इ उपचारकालागि आइतबार हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

विनायक स्वास्थ्यचौकीमा सामान्य उपचारपछि कुईक निवासी अन्दाजी ७० वर्षीया बेला भण्डारीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

आइतबार बिहान करिब साढे ६ बजेतिर घरमै रहेकी भण्डारी बाख्रा खोरमा जाँदा आक्रमणमा परेकी स्थानीयलाई उदृत गर्दै अछाम प्रहरीले जानकारी दिएको छ । घाइते तत्कालिन एनेकपा माओवादी केन्द्रबाट २०६४ को संविधानसभा सदस्य निर्वाचनमा अछाम–२ बाट निर्वाचित शरदसिंह भण्डारीकी आमा हुन ।

तपाईको प्रतिक्रिया